‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

Salyan Paribesh , ३१०  पटक हेरिएको

गायक ओजस्वी प्रदिप धमलाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘सुनन’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ। इटहरी घर भै हाल बुढानिलकण्ठ बस्दै आएका गायक धमला सानै देखि गीत संगीत र नृत्यमा रुचि राख्ने गर्दथे। आफ्नो परिवारलाई प्रेरणाको स्रोत मान्ने गायक धमला हाल बैंकमा काम गर्दै आएका छन। उनी बुढानिलकण्ठ जेसिजको अध्यक्ष समेत हुन्। म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रकाशित मिति: २०२२-०३-०६ , समय : १९:३०:३१ , १ वर्ष अगाडि