शुरु भयो नेपाल वायु सेवाको काठमाडौँ-रियाद उडान

Salyan Paribesh , ६५९  पटक हेरिएको

लामो समयको अथक प्रयास पछि काठमाडौ – रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।

निगमलाई साउदी अरेवियाको General Authority of civil Aviation (GACA) ले मिति २०७८/११/२२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो । यस उड़ान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उडुडयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं-रियाद- काठमाडौं सेक्टरमा साताको तीन बटा नियमित उडान शुरु गर्ने बताईएको छ। निगमको अथक प्रयासपछि भएको यस कार्यबाट धेरै लाभ पुग्ने भएको छ।

प्रकाशित मिति: २०२२-०३-०७ , समय : १४:२८:४० , १ वर्ष अगाडि