Salyan Paribesh , ५८७ पटक हेरिएको

फाल्गुन २४, कपुरकोट/ तुला राम डाँगी क्षेत्रि
११२ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कपुरकोट गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरि दिवस मनाएको छ । कपुरकोट गापा अन्तर्गतका वडाहरुमा लोक गीत, घैंटा फोड लगायतका प्रतियोगिता आयोजना गरिएको छ भने वडा नं ३ को आयोजनामा र्याली संगै अन्य कार्यक्रम पनि सम्पन्न भएको छ ।
कार्यक्रममा कपुरकोट गा.पा.अदक्ष्य, भिम बा.सेन , नेपालि कांग्रेस कपुरकोट गा.पा. वडा सभापति प्रदिप खड्का, नेकपा माओबादि केन्द्र कपुरकोट गा.पा.का स. सचिव पवन कार्की लगायत अन्य पार्टि प्रतिनिधिहरुको उपस्थिति थियो।
उक्त कार्यक्रममा महिला सशक्तिकरण कसरी हुन्छ ? भन्ने विषयमा अन्तर्क्रिया पनि भएको थियो । अन्तर्क्रियामा गाउँपालिका उपाध्यक्ष श्री तिला बुढामगर ज्यू ले महिलाहरुको अधिकार सुनिशचितताको लागि सबै महिला एक ढिक्का हुनु पर्ने बताउनुभयो ।
कार्यक्रम हुनु अगाडी, महिला र बिद्यार्थीले, महिला हिंसा गर्न पाईदैन , बलात्कारीलाई फासी दे , छोरा छोरी बराबर, लेखेका प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
प्रकाशित मिति: २०२२-०३-०८ , समय : १३:५७:३९ , १ वर्ष अगाडि