एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख पाँच हजार पाँचसय रुपैयाँमा

Salyan Paribesh , ६७४  पटक हेरिएको

काठमाडौं
२५-फागुन/ सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

मंगलबार सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले बुधबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि, कोरोनाका कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुनको मूल्य फेरि बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

सुनको मूल्य अझै बढ्न सक्ने अनुमान रहेको महासंघकाले बताएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ । रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको मूल्य महंगीदै गएको छ ।

प्रकाशित मिति: २०२२-०३-०९ , समय : १८:०८:२५ , २ वर्ष अगाडि