संखुवासभामा बस दुर्घटना हुदा १४ जनाको मृत्यु ५ घाइते थप विवरण आउन बाँकी

Salyan Paribesh , ५८१  पटक हेरिएको

फागुन २६ संखुवासभा –
बिहानै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ र उद्दारको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा सहित स्थानीयहरु खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
संखुवासभाबाट झापाको दमकको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान रेसम फिलिली सातघुम्ती पुलुङमा दुर्घटनामा परेको घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।

बस सडकबाट अन्दाजी ४०० मिटर तल खोलाको खोजमा खसेको ठाउँ निकै अप्ठ्यारो भएकाले उद्दारमा केही ढिला भएको डिएसपी सुवेदीले बताए।

प्रकाशित मिति: २०२२-०३-१० , समय : ०६:३८:५९ , १ वर्ष अगाडि