नेकपा एकीकृत समाजवादी कपुरकोट गा.पा.वडा न: ४ को वडा कमिटि कार्यालय को उद्घाटन

Salyan Paribesh , १४८२  पटक हेरिएको

कपुरकोट/ फाल्गुन, २७ – बादल आचार्य
नेकपा (एकीकृत समाजवादी) कपुरकोट गाउँपालिका वडा नं.४ को वडा कमिटि कार्यालय को उद्घाटन भएको छ ।
उद्घाटन सभामा प्रमुख अतिथि नेकपा एसका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सह ईन्चार्ज भद्रसिहं बुढा ले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ ।

सभामा जिल्ला कमिटी सदस्य क. तिला बुढा, जिल्ला कमिटी सदस्य तथा वडा न.४ का इन्चार्ज क.हरिलाल पुन,जिल्ला कमिटी सदस्य क. यम कुमार बस्नेत ,जिल्ला कमिटी सदस्य तथा वडा न.३ का इन्चार्ज क.ठगविर विक लगायतका अतिथिको उपस्थित थियो ।

उद्घाटन सभामा ५० जना भन्दा बढिलाई नेकपा एसको पार्टी सदस्य पत्र प्रदान गरिएको छ । सभाले मालति पाण्डे को अध्यक्ष्यतामा २१ सदस्यीय टोल कमिटी गठन गरेको छ भने हुम सिंह घर्ती को संयोजकत्वमा युवा संघ नेपालको १२ सदस्यीय वडा कमिटी गठन भएको छ ।

उत्त सभालाई नेकपा एस कपुरकोट गापा ४ नं. वडा कमिटीका सचिव युवराज रावतले संचालन गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२२-०३-११ , समय : १२:४७:०१ , २ वर्ष अगाडि