Salyan Paribesh , ६११ पटक हेरिएको

२७ फागुन/ झापाको मेची पुलबाट उल्टो हिडाई शुरु गरेका दाङका ऋषि परियार शुक्रबार ४२ औँ दिनमा दाङ आई पुगेका छन । गत माघ १५ गते झापाको काकडभिट्टाबाट उल्टो यात्रा शुरु गरेका परियार शुक्रबार बेलुका दाङको धानखोला आईपुगेका हुन।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ घर भएका परियारले स्वास्थ्यका लागि हिड्नुपर्छ भन्ने सन्देश दिन मेची महाकाली उल्टो पैदल यात्रा थालेको बताएका छन। स्वास्थ्यका लागि दैनिक केही घण्टा हिडौ भन्ने र नेपाललाई बिश्वमा चिनाउनका लागि पनि यात्रा गरेको बताएका छन । नेपाली पोशाकका परियारले यात्रा गर्दै आएका छन।
उनी शुक्रबार धानखोलामै बास बस्ने र शनिबार बिहान ७ बजेबाट यात्रा थाल्ने बताएका छन । अबको करिब २२ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको उनको भनाई छ । परियारले दुई पटक गिनिज बुक अफ वल्र्ड रेकडमा लेखाइसकेका छन ।
सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ । एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए । त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड उनले ५७ पटक गरेर तोडेका थिए। यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने उनको योजना छ ।
प्रकाशित मिति: २०२२-०३-११ , समय : १९:०५:५४ , १ वर्ष अगाडि