नेकपा एकीकृत समाजवादी कपुरकोट गाउँपालिका वडा नं.३ को वडा कमिटि उद्घाटन

Salyan Paribesh , ११४८  पटक हेरिएको

कपुरकोट / फागुन २८ – बादल आचार्य
नेकपा (एकीकृत समाजवादी) कपुरकोट गाउँपालिका वडा नं.३ को वडा कमिटि सम्पर्क कार्यालय कपुरकोट ३ कपुरकोटमा उद्घाटन भएको छ ।
नेकपा एस कपुरकोट गापा वडा नं.३ का वडा अध्यक्ष क.भुवन्नेश्वर गौतमको सभा अध्यक्षतामा सुरु भएको उद्घाटन सभामा स्वागत मन्तव्य क.ठगविर विक ले गर्नु भएको थियो , प्रमुख अतिथि नेकपा एसका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सह ईन्चार्ज क.भद्रसिहं बुढा ले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ ।

सभामा जिल्ला कमिटी सदस्य क.तिला बुढा, क.हरिलाल पुन,क.जित प्रसाद आचार्य ,क.ठगविर विक ,क.चुर्ण बहादुर घर्ती जिल्ला कमिटी सल्लाहकार क.रुद्र बहादुर बाठाँ , अखिल नेपाल महिला संघ जिल्ला कमिटी कोषाध्यक्ष क.योगमाया खड्का,अखिल नेपाल महिला संघ कपुरकोट गापा अध्यक्ष क.लिला बुढाथोकी लगायतका अतिथिको उपस्थित थियो भने कार्याक्रम मा आफ्ना मन्तव्य पनि राख्नु भएको थियो । कार्याक्रममा अधिकांस कमरेडहरुले स्पस्ट नीति ,विधि र पद्दति रही सस्थागत रुपले अघि बढ्ने पार्टी नेकपा (एकीकृत समाजवादी) हो भन्ने कुरालाई जोड दिनुभएको छ।

उद्घाटन सभामा ७५ जना भन्दा बढिलाई नेकपा एसको साधारण पार्टी सदस्य पत्र तथा संगठित पार्टि सदस्यता पत्र ४९ भन्दा बढी प्रदान गरिएको छ ।

उत्त सभालाई युवा संघ नेपाल कपुरकोट गापा का सचिव बादल आचार्यले संचालन गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२२-०३-१२ , समय : १५:२६:०७ , २ वर्ष अगाडि