Salyan Paribesh , १३२५ पटक हेरिएको

सुर्खेत / फाल्गुण २८ – लाल ब.महतरा क्षेत्री
सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी एक हजारभन्दा बढी (राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपामा प्रवेश गरेका छन्।
शनिबार सुर्खेतमा आयोजित आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले विभिन्न पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरुलाई राप्रपामा प्रवेश गराएका छन ।
अन्य पार्टीभन्दा राप्रपा नै ठिक भएको भन्दै उनीहरु राप्रपा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गराउँदै अध्यक्ष लिङदेनले राप्रपा पार्टी यसैगरी जनताको रोजाईमा पर्ने दाबी समेत गरेका थिए ।
उक्त कार्यक्रममा ज्ञानेन्द्र शाही ले भासन गर्दै जनतालाई अबको भ्रष्टहरु सगं सजग हुन भन्दै काङ्ग्रेस कम्निस्ट बिदेसिको दास किन बनेको भनि सोध्नुस।
अब युवाहरूले एक मात्रै राष्ट्र भक्ति पार्टीमा आइ हातेमालो गर्न र साथदिन सबैलाई आग्रह गर्नु भएको थियोे।
प्रकाशित मिति: २०२२-०३-१२ , समय : १६:४५:२७ , १ वर्ष अगाडि