प्रचण्ड भन्छन ; प्रकाश सपुतको गीतलाई बिरोध होइन सहजताका साथ लिनुपर्छ (भिडियो सहित)

Salyan Paribesh , ९१४  पटक हेरिएको

फागुन ३० धनगढी –
पछिल्लो समय सार्वजनिक हुन बितिकै विवादमा परेको गायक प्रकाश सपुतको `पिर´ गीत युटुवबाट हटाउन भन्दै नेकपा माओवादी केन्द्रका सामान्य कार्यकर्ता देखि जिम्मेवार नेता सम्मकाहरुले कारबाहीको माग गर्दै आलोचना गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने बिरोध गर्नुपर्ने कारण नरहेको बताएका छन।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे धेरै विरोध गर्ने त्यस्तो कुनै कारण नरहेको भन्दै आफुले देशमा मात्रै नभएर विदेशमा पनि पुर्व याेद्वाहरुलाई भेटदा कुनै विमतिकाे प्रतिक्रिया नसुनेकाे र हर विषयमा पक्ष विपक्ष हुने भएको उदाहरण दिदै स्पष्ट पारेका छन।

हेर्नुस यो  भिडियो –

https://youtu.be/-_sl9C6fmVs

पार्टीको राजनैतिक र वैचारिक प्रशिक्षण को  लागि धनगढी पुगेका प्रचण्डले धनगढी विमानस्थलमा पत्रकारहरुले सोधेको – पछिल्लो समय विवादित बनेकाे प्रकाश ससपुतको  गीतबारे के भन्नू हुन्छ ? भन्ने जिज्ञासामा प्रचण्डले आफुले पूरा भिडियो नहेरेकाे बताउदै जस्तो भएपनि त्यति धेरै विरोध गर्नुपर्ने, आवेगमा आउनुपर्ने केही नरहेकाे भन्दै सहज रुपमा लिनुपर्ने बताएका छन। जनयुद्ध र माओवादीसंग जाेडिएका यस्ता धेरै प्रसंगहरु निरन्तर आइराख्ने हुदा अन्यथा लिन नहुने बताएका छन।

आइतबार नेकपा माओवादी केन्द्र निकट विभिन्न चार संगठनहरु जनक्रान्तिकारी घाइते तथा अपांग याेद्वा संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी ), जन साँस्कृतिक महासंघ नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीतमा जनमुक्ति सेना र घाइते याेद्वाहरुलाई अहिले जीवन धान्न देहव्यापार र परस्त्रीगमन लागेकाे भ्रमपुर्ण दृश्य देखाई शुन्यताकाे प्रतिबिम्ब देखाई अन्तमा देश छाेडन बाध्य भएकाे जस्ताे निकृष्ट, कपाेकल्पित र झुट राजनैतिक पुर्वाग्रह साधिएकाे र महिलाहरुकाे चरित्र हत्या गरि घाेर र अपमानजनक रुपमा प्रस्तुत गरि सामाजिक संवेदनशीलतालाई दुरुपयोग गरि अप्रासंगिक दृश्य र संवाद राखेर आफू चर्चामा आउने बदनियत राखेकाे भन्दै कारबाहीको माग गरेका छन।

हेर्नुस यो  भिडियो –

https://youtu.be/-_sl9C6fmVs

प्रकाशित मिति: २०२२-०३-१४ , समय : १४:२३:४३ , १ वर्ष अगाडि