Salyan Paribesh , ९५६ पटक हेरिएको

सल्यान / चैत्र, १ – लाल ब.महतारा क्षेत्रि
राष्ट्रिय प्रजातन्त्र पार्टी कपुरकोट गाउपालीका वडा न.६ को पार्टी कार्यालय समउद्दघाटन गरिएको छ। उत्त कार्यक्रमको चित्र बहादुर बोहराको अध्यक्षतामा कार्यक्रम का प्रमुख अथिति शिला बुढाथोकीले पार्टी कार्यलयको उदघाटन रिवन काटेर उदघाटन गर्नुभयो।
सम्बोधन क्रममा उहाले भन्नुभयो देश र जनताका निम्ति र देशलाई जोगाउने हो भने अब राष्ट्रवादि पार्टी रा प्र पा बाहेक विकल्प नभएको बताउनु भयो। गरिब निमुखालाई जनतालाई अहिलेसम्म कांग्रेस कम्निष्टहरुले रंणभुलमा पारि झुटबोलि अन्धकार तिर राखिरहेको र अब महिला देखि सबै नागरिक उठनुपर्ने बताउनुभयो!
तेसैगरि सल्यान क्षेत्र न.२ क्षेत्रीयअध्यक्ष श्याम कृष्ण बोहराले अबको स्थानीय निकायको निर्वाचनको को लागिअब जनताले साथ दिनुभयो भयो र जिताउनु भयो भने यहाको सुसासन न्याय अनि पहिलेका जस्तो जनप्रतिनिधि जस्तो सडक निर्माणमा डोजर बाट पैसा कमाउने होइन। अब जनता र किसानको निम्ति कृषिमा बजेटको ८०% बजेट विनियोजन गर्ने बताउनुभएको छ।
कार्यक्रममा २ दर्जन भन्दा बढि विभिन्न पार्टी परित्याग गरि राष्ट्रवादि पार्टी रा प्र पामा प्रवेश गर्नुभएको थियो नव प्रवेसकहरु लाई प्रदेश कमिटी उपाध्यक्ष शिला बुढाथोकीले शुभकामनाका साथ सदस्यता प्रदान गर्नुभएको थियोे!
प्रकाशित मिति: २०२२-०३-१५ , समय : १७:२६:३० , २ वर्ष अगाडि