Salyan Paribesh , ९५० पटक हेरिएको

सल्यान/माघ-३-तुला राम डाँगी क्षेत्रि
निम लगाएर सुन्तलाको आशा गर्नु बेकार हो। हामीले आफ्नै शुभाशुभ कर्मको फल भोग्नै पर्छ। यो नियम मानिस लगायत भगवानमा समेत लागू हुन्छ। राजा दसरथले श्रवण कुमारलाई मारेकाले मर्ने बेला पुत्र शोकले मर्नु परयो।भीष्मजीले पूर्व जन्ममा एउटा सर्पलाई काँडाको झाडीमा फालेकाले मर्ने बेला शरशैयामा सुत्नु परयो।
रामले बालीलाई लुकेर मारेकोले पछि जरा नामक शिकारीको हातबाट कृष्ण अवतारमा मर्नु परयो।सीताजीले गर्भिणी सुगेनीलाई कष्ट पुरयाएकाले गर्भावस्थामा जंगल जानू परयो।सुदामाजी भगवान श्रीकृष्णको भागको चना खानाले जीवनमा एकपटक दरिद्र हुनु परयो।हाम्रो कर्म लाखौं गुना भएर फल्छ।जसरी एक किलो तोरीको बीउबाट १० क्विन्टल तोरी फले झैं आफुले रोपेको राम्रो नराम्रो कर्मको बीउ धेरै गुना भएर आउँछ।
आफ्नो सुख दुख आफ्नै कर्मफलका उपज हुन्।आज लगाएको सुन्तला ,ओखरको बोट ४/५वर्ष पछि फले झै आफ्नो कर्मको फल केही वर्ष पछि फल्छ।केही कर्मको फल तत्काल र के हि कर्मको फल पछि फल्छ।हामीले जेठमा जम्मा गरेको गहु हिउँदमा खाए झैँ संचित पूर्व कर्मफलको उपभोग गरिरहेका हुन्छौं।
नोकरी छोडेका कर्मचारीहरुले बैंकमा संचित रकमको उपभोग गरे झैँ मानिसले आफ्ना कर्म अनुसार राम्रा नराम्रा कर्मको फल प्राप्त गरिरहन्छ।अहिलेका चोर भ्रष्टाचारी,बेइमान आदि अहिले पूर्व संचित कर्मको प्रभाव
ले राम्रो अवस्था देखिता पनि कालान्तरमा अवस्य नै कर्मफल भोग्ने छन्।जसरी विद्दुत बिभागका कर्मचारीले मिटर रिडीङ गर्छन् ,त्यसै प्रकार मानिसले गरेको शुभाशुभ कर्मको रेकर्ड हेरी न्याय गर्ने र रेकर्डको लेखापरीक्षण गर्ने काम चित्रगुप्तले गर्ने गर्छन् ।सकेसम्म अरुको भलाइ हुने काम गरौं ,न सके अरुको कुभलो न गरौं।
जगदीश सिंह ऐर
पा.न.पा.२ बिनोडा पाटन बैतडी
अध्यापन: श्री घनघस्या मा.वि.खतेडा अजयमेरु १डडेल्धुरा
प्रकाशित मिति: २०२२-०१-१७ , समय : १६:०३:३२ , १ वर्ष अगाडि