सल्यानको श्रीनगरमा मोटरसाइकलको ठक्करबाट दिपेश डाँगीको मृत्यु

Salyan Paribesh , १२४८  पटक हेरिएको

सल्यान / चैत ६  – सल्यान जिल्लाको शारदा नगरपालिकाको श्रीनगर नजिक पट्नेरीमा खलंगाबाट श्रीनगर तर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा पट्नेरी निवासी २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उपचारको क्रममा मृत्यु भएका डाँगीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदै गर्दा परिवारले बाटो अवरुद्ध गरी शव घरमा राखेका थिए ।

पिडित पक्षले तत्काल क्रिया खर्च बापत ५० हजार र अन्य नियम अनुसार पाउने बिमा वापतको रकम उपलब्ध गराउने सहमति पछि लास पोष्टमार्टमा लागि सल्यान जिल्ला अस्पताल राखिएको उनको भनाई छ । मोटरसाइकल चालक पनि घाइते भएको र उनको सामान्य उपचार पछि प्रहरीको नियन्त्रणमा ल्याइएको पौडेलको भनाई छ ।

प्रकाशित मिति: २०२२-०३-२० , समय : ०६:१०:०७ , २ वर्ष अगाडि