Salyan Paribesh , ७२८ पटक हेरिएको

चर्चित हाँस्य कलाकार केदार घिमिरे { माग्ने बुढा } राप्रपा प्रवेश गरे भएका छन् | उनि छिट्टै राप्रपा प्रवेश गर्ने तयारीमा रहेको राप्रपा निकट एक स्रोतले बताएको छ | घिमिरे बिगत केहि समय देखि अभिनय र हाँस्यव्यंग्यको क्षेत्रभन्दा टाढा रहेर सामाजिक कार्यहरुमा व्यस्त छन् |
बिगत २ बर्ष अघि देखि उनि तत्कालिन हाम्रो नेपाल हामी नेपालि अभियानका संयोजल लगायतका समुहसंग सहकार्य गरि सामाजिक कार्यहरुमा व्यस्त थिए |
शाही राप्रपा प्रवेश गरि प्रवक्ताको जिम्मेवारी लिएसंगै देशव्यापी रुपमा स्वतन्त्र व्यक्तिहरु राप्रपा प्रवेश गर्ने लहर चलेको छ | यस्तै चर्चित कलाकार माग्ने बुढा पनि राप्रपा प्रवेश गर्न लागेका हुन् | सबै कुरा लगभग टुंगिएको राप्रपा निकट एक स्रोतले बताएको छ |
राप्रपा प्रवेश नगर्दै उनि राप्रपाद्वारा आयोजित एक सभामा सम्बोधन गर्न पनि जाँदै छन् |
चैत ४ गते { आज } राप्रपा द्वारा ललितपुरको इमाडोलमा आयोजना हुन लागेको सभामा अध्यक्ष लिंग्देन , प्रबक्ता शाही , नेत्री रेखा थापा संगै केदार घिमिरे { माग्ने बुढा } पनि सम्बोधन गर्दै छन् |
श्रोत :NITI NEWS
प्रकाशित मिति: २०२२-०३-२० , समय : ०९:४१:०५ , १ वर्ष अगाडि