आफैलाइ रुवाएर जाने प्रेमिकाको माया पनि किन लाग्छ होला ?

Salyan Paribesh , १००७  पटक हेरिएको

रात भरिको झरी मत व्यर्थैमा घर भित्र बसिरहे, झरी ले गुलाब को फुल झारेछ पत्तै भएन, मत तिम्री प्रतिक्षा मा दिन रात जागी रहेको थिए तर बिचरा भाग्य कतिबेला निदाए छ थाहै भएन।
लाग्छ फुर्सद पनि बेफुर्सदिलो भएको छ यतिखेर , जिन्दगीका सपना हरु तोडेर बिपनाहरु जोडेर रुदै रुदै हिडिरहेको यो जिबनको यात्रामा भोगिरहेका कुराहरु कसरि ब्यक्त गरु म आज ?

अनिस्यको अडानमा उभिएर झेलिदै गएका मनका परिद्रिस्य हरु हेर्छु , मैलिदै – मैलिदै गएका बिस्माशका तस्बिर हरु हेर्छु म , मस्किदै गएका आस्थाका धरोहरा हेर्छु म।  तर हेरिरहन्छु राम्रो को नाममा कर्तुत हरु  , अनि हेर्छु समयका घिन लाग्दा खेल हरु पनि, मान्छे ले मान्छेलाई गर्ने घात र प्रतिघातका कथाहरु हेर्छु किन यति बिघ्न मन दुखेर आउछ , किन रुन्छ मन यति धेरै , किन उद्यक लाग्दो जीवन बोकेर बाचिरहेको हुन्छु म ? किन म सधै – सधै  कुहिरोमा हराएको कागज जस्तै हुन्छु, न कतै बाटो देखिन्छ न कतै गोरेटो , आउने हरु पनि हात मिलाएर गैसके  कतै पारि डाडा पुगिसके किन म एक्लो र उदाश लाग्दो जीवन लिएर बाची रहेको छु।  मेरा यी खबर हरु , मेरा यी कुरा हरु , मेरा यी भावना हरु किन कोहि पनि मन लगाएर सुनि दिदैनन ?

त्यसैले त एक्लो र उद्देक पुर्ण जिन्दगीको यो भुमरीमा कतै हराए जस्तो लाग्छ।  त्यसैले त लेख्दै छु म तपाइलाइ मेरो कथा , यो मेरो नित्तान्त व्यक्तिगत कथा हो।  यसले कसैसंग सरोकार राख्छ कि राख्दैन थाहा छैन।  तर मन भित्र घुमिरहने कालो बादल हरु कतिखेर सेतोमा परिणत हुन्छ र निलो आकाशमा उडेर टाढाको बस्तीमा पुग्छन।  थाहा छैन निरन्तर पिसिएको घुन जस्तै म किन जिन्दगि संग रुमलिरहेको छु मलाइ थाहा छैन।

त्यसैले आज म तपाइलाइ लेख्दै छु मेरो कथा,  मेरो दुख लेख्छु मेरो शुख लेख्छु र जिन्दगीका अनगिन्ति बिम्ब प्रतिबिम्बमा घुमिरहने जीवनका कथाहरु म आज सुनाउछु तपाइलाइ, खै किन हो सुनाउन मन लाग्यो ,लेखन मन लाग्यो।  एउटा म छु कि उसको यादमा हरेक रात रुन्छु, अनि अर्की ऊ छ न कहिलै मलाइ याद गर्छे , अनि अर्को जिन्दगि , लाग्छ उ बिना कट्दैन।  उ पनि कति निष्ठुरी भई हरेक पल मेरो मुटुमा तिखो वार गर्छे , उसकै यादमा दिल टुटेर छाहारिन लाग्यो।  अनि एउटा आत्मा छ उसकै यादमा पागल बनाउछ , दिन त कट्छ जसो तसो तर घाम पछिको रातले त झन् धेरै झस्काउछ घन्टौ टोलाउछु,उसकै यादले  सबै संग एक्लो बनाउछ।

दिल तोडेर गई, सबै नाता छोडेर गई, खै कास्की भई तर साच्चै परेकी भई , उसकै ख्यालमा हराउछु , अक्सर मेरा आखाभरि आशुको ताल बनाएर गई।  रुन्छु त आशुका थोपामा पनि उसकै तस्बिर झल्किन्छ, रुदा रुदै थाहै नपाइ कति चाडै रात ढल्किन्छ।  मेरो जीवन जलाएर गई परान मात्र बाकि जिउदो लाश बनाएर गई।

आखिर कहिले उस्को याद दिल बाट निस्किन्छ ? यी हातहरु उसकै कोमल हात सुम्सुमाउन खोज्छन।  खै किन उसले आशु मात्र मेरा हातमा थमाएर गई।  आजभोलि त खुशी छे होला , तर आफैले आफैलाई धोकेवाजको उप्दी लगाएर गई , दिल अर्कै संग जोडेर गई , अर्कैको थर आफ्नो नामको पछाडी जोडेर गई , मेरो प्रेमको फुल लाइ कुल्चिएर गई , पराइको अघि मलाइ गरिब बनाएर गई ,आज यो संसारमा  बाच्नुको अस्तित्व नै समाप्त पारेर गई , अब त एउटै शोक छ कि तेरो पछि जिन्दगि बर्बाद गरिदिन्छु, सबै संसार संग रगतले मुछेको प्रेम कथा तेरो नाम  बनाइदिन्छु,  कसैले प्रेमको सपना देख्छ त रगत को आशु रुलाइदिन्छु, मेरो प्राण पनि तेरो यादमा तेरै चिताको ज्वालामा जलाइदिन्छु। ।

भिडीयो हेर्न तल क्लिक गर्नुस 

    शुनिल भारती 
घर: प्युठान जिल्ला, झिमरुक गा. पा. ८ टिमुचौर,
हाल: बिरानो देश भारतको गुरगाउ दिल्ली

प्रकाशित मिति: २०२२-०३-२० , समय : १६:४३:१७ , १ वर्ष अगाडि