Salyan Paribesh , ३४६ पटक हेरिएको

दाङ / चैत, ७
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आईतबार देखि देशैभरी म्यादी प्रहरीको भर्ना खुलेको छ । आइतबार देखि चैत ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैबिच दाङमा पनि आईतबार देखि जिल्ला प्रहरी कार्यालय मार्फत म्यादी प्रहरीको आवेदन खुलेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि बिहानै देखि युवा युवती लगायत अन्य व्यक्तिहरु लाईनमा बसेका छन् । स्थानीय तह निर्वाचनका लागि दाङमा १६ सय जना म्यादी प्रहरीको लागि आवेदन खुलेको छ । ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुने म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् ।
छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने समेत एसपी शुरेस काफ्लेले बताए । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने हुदैंछ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन् । देशभरका ७७ वटै जिल्लामा स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।
-तुलसीपुर अनलाइन
प्रकाशित मिति: २०२२-०३-२१ , समय : १७:५४:०९ , १ वर्ष अगाडि