उत्कृष्ट नब मोडलको अवार्ड समिक्षा क्षेत्रिलाई

Salyan Paribesh , ९५८  पटक हेरिएको

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा उत्कृष्ट नब मोडल आधुनिक तर्फ मोडल समिक्षा क्षेत्रिले अवार्ड चुम्न सफल भएकी छिन । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो ।

कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्ष सुर्य चन्दका अनुसार उनको कामको मुल्यांकन गर्दै निर्णायकहरुले उनलाई बर्षको उत्कृष्ट नब मोडलको अवार्ड प्रदान गरेका थिए।

काठमाडौँमा सम्पन्न भएको भब्य अवार्ड समारोहमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, लोकप्रिय भिडियो निर्देशक प्रकाश भट्ट, बरिष्ठ सौन्दर्यबिद सोनी कारंजित, संचारकर्मी सबिता पोखरेलले उनलाई ट्रफि(अवार्ड) र उत्कृष्ट मोडलको प्रमाण-पत्र दिएर सम्मान दिएका थिए। “किन मरिनँ म” गीतको म्युजिक भिडियो बाट समिक्षाले उत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी थिइन्।

प्रकाशित मिति: २०२२-०३-२१ , समय : १८:०४:४३ , २ वर्ष अगाडि