अर्जुन साप्कोटा र लक्ष्मी खड्काको स्वरमा काफल पाक्यो म्युजिक भिडियो सार्बजनिक

Salyan Paribesh , १३०५  पटक हेरिएको

सल्यान / चैत, ८ – तुला राम डाँगी क्षेत्रि

नवराज लामिछानेको शब्दमा रहेको ‘काफल पाक्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अर्जुन साप्कोटा र लक्ष्मी खड्काको स्वर रहेको उक्त गीत बजारमा उपलब्ध भैसकेको गीति एल्बम चैत महिना लाग्दै गर्दा काफल पाक्यो खै  कता गयो चरी भन्दै आफ्नी मोयालाई झटारो दिईएको गीत हो । यस गीतलाई कमल चापागाईले संगीतवद्द गरेका हुन् । गीतमा सागर बिराहीको संगीत संयोजन रहेको छ ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा राजन केसी र सगुन शाही फिचर्ड छन् । मदन खड्काले कोरियोग्राफी गरेको भिडियोलाई विकास ज्ञवालीको सम्पादन,रहेको म्युजिक भिडियो अर्जुन साप्कोटा कै युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लीक गर्नुस

प्रकाशित मिति: २०२२-०३-२२ , समय : १७:३८:४१ , २ वर्ष अगाडि