सल्यानको कपुरकोट नजिक चोरखोलामा सुख्खा पहिरो जादा स्काभेटर नै पुरियो

Salyan Paribesh , १२७८  पटक हेरिएको

सल्यान / चैत, ८ – तुला राम डाँगी क्षेत्रि
कपुरकोट गाउँपालिका-३ चोरखोलामा स्तराेन्नतीकाे काम भइरहेको क्रममा मंगलबार बेलुका करिब ८ बजेतिर काम भइरहेको स्थान माथिबाट सुख्खा पहिराे झरेपछि सडक पुर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अकस्मात् आएको सुख्खा पहिरोले स्काभेटर पुरिएको छ । स्काभेटर पुरिदा चालक भने सामान्य घाइते भएका छन ।
उक्त पहिराे हटाउने काम भइरहेको हुदा सडक सुचारु नभए सम्मकाे लागि साना सवारी साधनले पैयाखोरे, पाखापानीको वैकल्पिक रुट प्रयोग र ठुला सवारीसाधनहरुले भने सुचारु हुदा सम्म नै पर्खिनु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको जनाएको छ।

प्रकाशित मिति: २०२२-०३-२२ , समय : १८:१३:३८ , २ वर्ष अगाडि