सल्यामा घाँस काट्न भनी हिडेकी जानकि सम्पर्क बिहिन

Salyan Paribesh , २१५५  पटक हेरिएको

सल्यान / चैत्र ,१२ – कमल धिताल
सल्यान जिल्ला शारदा नगरपालिका ९ घर भएकी करिब १८ बर्शिय जानकी कवर मिति २०७८ चैत्र ११ गते करिब बिहान ८:३० मा घरबाट घाँस काट्न भनी हिडेकी अहिले सम्म पनि सम्पर्कमा न आएको आमा सिता कवर ले बताइन ।

सुक्रबार बिहान ८:३० बजे घाश काट्न गएकी छोरी एका एक सम्पर्क बिहिन भएपछी उनका घर परिवार चिन्तित छन् छोरी हराएको पिरले उनकी आमा सीता कवर को स्थिति अत्यन्तै नाजुक बन्दै गएको छ।

सानैमा बुवा गुमाएकी जानकीको स्वास्थ्य अबस्थामा कम्जोर रहेको परिवारले जनाएको छ। उनि आमा सहित श्रीमान् संगै बस्दै आएकी थिइन्।
यदि कसैले भेट्नु भएको खण्डमा सम्बन्धित प्रहरी कार्यलय अथवा ९८१०८१८०९४ मा खबर गरिदिन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २०२२-०३-२६ , समय : ०८:१९:०३ , १ वर्ष अगाडि