Salyan Paribesh , ७५६ पटक हेरिएको

कपुरकोट / चैत्र,१३
गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लाई स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष भिम बहादुर सेन ज्यूको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं २ का वडा अध्यक्ष मान बहादुर राना, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही, प्रहरी चौकी कपुरकोटका इन्चार्ज नन्दलाल भारती लगायत कर्मचारीहरुको उपस्थिती थियो ।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहाल ज्यूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जीन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन ज्यूले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०३-२७ , समय : १२:५०:२८ , १ वर्ष अगाडि