Salyan Paribesh , ६४५ पटक हेरिएको

सल्यान / चैत,१५ – कमल धिताल
सल्यानमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन। ईप्रका श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसि मृत फेला परेका छ्न
ईप्रका श्रीनगरको कार्यलय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसिको शव भेटिएको हो।
गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसि आज बिहान मृत अवस्थामा फेला पतेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। घटनाको कारण नखुलेपनि ३० मिटर माथी छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
आज बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन मृतक प्रहरी जवान केसि पश्चिम् रुकुमको मुसिकोट १३ छिवाङ्का हुन।
घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताएका छन।
प्रकाशित मिति: २०२२-०३-२९ , समय : ०४:४६:०६ , १ वर्ष अगाडि