चोरी भएको ट्रान्समिटर भेटाइदिनेलाइ रेडियो तहल्काले पुरस्कार प्रदान गरिने

Salyan Paribesh , ३५५  पटक हेरिएको

माघ ४, सल्यान ।

रेडियो तहल्काले गत बिहिबार चोरी भएको ट्रान्समिटर फेला पार्न सहयोग गर्नेलाई पुरस्कार प्रदान गर्ने जनाएको छ । रेडियोले एक विज्ञप्ती निकालेर पुरस्कार प्रदान गर्ने जनाएको हो ।

रेडियोका स्टेशन म्यानेजर डिल्लीराज रावतले हस्ताक्षर गरेको विज्ञप्तिमा रेडियो सामाग्री, यन्त्र (ट्रान्समिटर) विक्रि, वितरण, साटफेर जस्ता शंकास्पद गतिविधि देखेमा प्रहरीलाई जानकारी गराई सहयोग गर्नेलाई विशेष पुरस्कार प्रदान गरिने जनाइएको छ ।

ट्रान्समिटर प्रशारण स्थलबाट चोरेर लिनेलाई कार्वाहीका लागि प्रशासनसंग माग गरिएको भन्दै यदि चोरेर लिनेले गल्तीको प्रयाश्चित गरेर उक्त सामाग्री फिर्ता गर्न अनुरोध गरिएको छ ।

सल्यान शारदा नगरपालिका वडा नं. २ खलंगामा स्टुडियो भई बागचौर नगरपालिका वडा नं. ३ पुतलीबासबाट प्रशारण भैरहेको रेडियो २०७१ साल श्रावण ८ गते तत्कालिन सूचना तथा संचार मन्त्रालयमा दर्ता भई सल्यान खलंगामा २०७१ चैत्र २१ गतेदेखि संचालनमा आएको थियो ।

रेडियोको प्रशारणलाई ग्रामिण क्षेत्रमा पनि पु¥याउने उद्देश्यका साथ २०७६ असार ११ गते सूचना तथा संचार प्रविधि अन्तरगत सूचना तथा प्रशारण विभागबाट अनुमती पाई बागचौेर नगरपालिका वडा नं. ३ बाट रिले प्रशारण गर्दै आएको थियो ।

जसले सल्यानको कुमाख, दार्मा, बागचौर, बन्गाडकुपिण्डे लगायत छिमेकी जिल्लाका ग्रामिण क्षेत्रका स्रोतालाई पनि संचारको पहुचमा जोडेको छ । देश तथा विदेशबाट पनि सहनुभुती राख्नुहुने प्रति आभारी भन्दै रेडियोले केहि समयमा नै आफ्नो प्रशारणलाई नियमित गराउने जनाएको छ ।

-लेकाली अनलाइन

प्रकाशित मिति: २०२२-०१-१९ , समय : १०:३०:०९ , २ वर्ष अगाडि