सल्यान कला साहित्य परिषद्को आयोजनामा ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ सम्पन्न

Salyan Paribesh , ९३४  पटक हेरिएको

सल्यान साहित्य,सर्जकको उजागर,उर्जाका लागि विभिन्न समयमा जिल्ला र जिल्ला बाहिर विभिन्न पृथक साहित्य गतिविधि गर्दै आइरहेको सल्यान कला साहित्य परिषद्ले बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ सभ्यभव्यताले सम्पन्न गरेको छ ।

विषेश त बनगाड कुपिण्डे नगरपालिका भित्र रहेका नवसर्जक,प्रतिभा र लोपोन्मुख मौलिक संस्कृतिलाई अग्रासर राखेर आयोजना गरिएको लोक साहित्य महोत्सवमा स्थानीय तीन दर्जन नव प्रतिभा ,स्थानीय सर्जकहरु क्लब,आमा समूह स्कुल र राष्ट्रिय स्थापित कवि,गजलकार ,राष्ट्रिय लोकदोहोरी गायक,गायिका हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे ।

दुइ दिन सम्म चलेको ‘बनगाड लोक साहित्य महोत्सव २०७८” मा ‘सल्यान पाचौँ गजल महफिल’ शृङ्खलामा गजलकार लोकेश जलन र सुमन स्मारिका रहनु भयको थियो भने महफिल सहजिकर बरिस्ठ गजलकार तथा कवि बाबु त्रिपाठीले गर्नुभयको थियो। साथै उक्त कार्यक्रममा ‘सल्यान कविता कन्सर्ट’मा कवि बाबु त्रिपाठी र खड्ग शाही गायन गोपाल नेपाल जि एम ,हास्य कलाकार कुल बहादुर वलि ,गायिका चन्द्रकला कँवर,केशरी घर्तीहरुको प्रस्तुति रहेको थियोे ।

स्थानीय सर्जक प्रतिभाहरु र विभिन्न क्लब,आमा समूहहरुले गजल,मुक्तक,कविता,नृत्य ,कमेडि ,सिगारु,झाफ्रे,मयुर ,ठाडिभाका ,बन्गाडि टप्पा, लहरे नाच आदि प्रस्तुत गर्नु भयको थियोे ।

‘सल्यान मुक्तक किङ २०७८ ‘ बन्न सफल मुक्तककार कल्पना परिवार र सुनिल राना बिरहीलाई मुक्तक मुशायरामा राखिएको थियो भने कलाकारीता र साहित्यमा अमुल्य योगदानको कदर गर्दै २ जना व्यक्तित्व प्रेमदेव गिरी र भक्तराज परिवारलाई सम्मान गरिएको थियोे।

बनगाड कुपिण्डे नगरपालिका पालिका प्रमुख गोविन्द कुमार पुन, विशिष्ट अतिथि ,साहित्यकार, विभिन्न झाकिहरु सहितको र्‍यालि सहित मञ्च प्रवेश गरेर परिषद्का अध्यक्ष भरत रोकायको सभाध्यक्ष बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द् कुमार पुनको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा नगर प्रमुखज्युले ब्यानर पढेर महोत्सवको उद्घाटन गर्नु भएको थियो ।

कला साहित्य र लोपोन्मुख हुँदै गएको स्थानिय साँस्कूतिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमको आयोजन गरेकोमा परिषद्लाई धन्यवाद दिदै आगामी दिनमा पनि पालिकाको साथ सहयोग रहने प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले आफ्नो मन्तव्य राख्नु भएको थियोे।

मन्तव्यमा बोल्दै बनगाड लोक साहित्य महोत्सव जिल्लाको पृथक कार्यक्रम नभएर देशकै पूथक कार्यक्रम रहेको र नेपाली साहित्य जिल्ला र सर्जकका लागि आगामी दिनमा यस्तै कार्यक्रमहरुको अपेक्षा गरेको बताउनु भएको थियो ।

महोत्सव समापनमा मन्तव्य राख्दै सल्यान कला साहित्य परिषद्का अध्यक्ष महोत्सवका सभाध्यक्ष भरत रोकायले महोत्सव सफल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्ने तमाम मनहरुलाई व्यक्तिगत तथा परिषद परिवार तर्फबाट हार्दिक आभार व्यक्त गर्नुको साथै यस्तै पृथक कार्यक्रमको अभ्यास र जिल्लाको साहित्यका लागि दीर्घकालीन लागिरहने विश्वास अभिव्यक्त गर्दै महोत्सव भब्य बनाउन हरेक परिस्थितिको सामना गर्दै खट्टिने परिषद्का सम्पुर्ण पदाधिकारी ज्युहरुमा आभार व्यक्त गर्नु भएको थियोे ।

अतिथि स्वागत साँझ लगायत ‘बनगाड लोक महोत्सव २०७८’ को संयोजक संस्थाका कोषाध्यक्ष तथा जुझारु गजलकार जीवन जलन रहनु भयको थियो। महोत्सव उद्घोषक परिषद्का संस्थापक तथा गजलकार लोकेश जलनले गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२२-०३-३० , समय : १६:३८:११ , १ वर्ष अगाडि