दुखि पिडितको ढुकढुकी बन्न सफल समाजसेवी डोमा थापा

Salyan Paribesh , ४३५  पटक हेरिएको

भुटानमा जन्मिएर नेपालमा हुर्किएकी र हाल अमेरिकामा बसोबास गर्दै आफ्नो ब्यवसाय गर्दै आएकी डोमा थापा एक कुसल ब्यवसायी संगै बरिष्ठ समाजसेवी हुन्। हरेक सङ्घर्षलाइ साथी बनाउदै डोमाले सयौं उत्तराचढावलाइ सहर्ष स्वीकार गर्दै सामाजिकहातहरु अगाडि बढाउदै आएकी छिन। कहिल्यै हिम्मत नहार्ने डोमा आफ्नो अर्थक परीश्रम र आत्मबिश्वास लिएर अगाडी बढिरहेकी छिन। पछिल्लो समय सफल ब्यवसायी र समाजसेबिमा छुट्टै छबि बनाएकी उनि कसैको दुख देख्न सक्दिनन। आफ्नो मेहनत र परिश्रमको कमी बाट करोडौँ रकम सामाजिक कार्यमा लगाएकी उनले हरेक क्षेत्रका पिडितलाइ सेवा गर्दै आएकी छिन। चितवनमा रहेको साहाराको घरलाइ उनले घरनै निर्माण गरेर सहयोग गर्दै त्यहा आश्रित थुप्रै छोरीहरु आश्रय प्रदान गरेकी छिन्। नेपालमा दुख पिडा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिका, एकल महिलाहरुलाई सहयोग प्रदान गर्दै आएकी उनि भुकम्प, बाडी-पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी छिन।

उनले सयौंलाइ आत्मानिर्भर बनाउँनुको साथै समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी बरिष्ठ समाजसेवी हजारौ भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन । नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा थापा नेपाल आएको समयमा राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन ।

गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी डोमा थापा दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा समाजसेवी थापा बताउँछिन ।

उनले भर्खरै मात्र पनि चितवनमा रहेको “साहराको घर” र काठमाडौँमा रहेको “नेपाल स्नेही काख”मा आफै पुगेर आर्थिक सहयोग लगायत दैनिक उपभोग्य सामाग्री वितरण गरेकी छिन। उनि भन्छिन दुख पिडा र अभाब मैले भोगेको र बुजेको छु त्यसैले आफुले सक्ने सहयोग गर्न पाउँदा खुसि लाग्ने र आत्मा सन्तुष्टि मिल्ने गर्छ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : १५:३७:०८ , १ वर्ष अगाडि