पवन ओलीको शब्द तथा संगीत रहेको ‘दिन्थे मुटु झिकी’ बोलको गित ट्रेण्डिङ्ग न: १ मा

Salyan Paribesh , ३४२  पटक हेरिएको

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार पवन ओलीका यसअघि सल्यान कपुरकोट , खोलिमा पानि, बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ ।

प्रकाशित मिति: २०२२-०४-०२ , समय : ०८:२४:५९ , १२ महिना अगाडि