सल्यानी लोक गायक तथा सर्जक पवन ओलीको गीत “दिन्थे मुटु झिकी” युटुबको ट्रेण्डिङ्ग न: १ मा

Salyan Paribesh , २९००  पटक हेरिएको

सल्यान/चैत-१९ – तुला राम डाँगी क्षेत्रि
सल्यानि गायक तथा सर्जक पबन ओलीको गित `दिन्थे मुटु झिकी´ लाई दर्शक,स्रोताको अपार माया युटुबको ट्रेनिङ एक मा
सल्यान। गीतसंगीतको अत्यन्तै उर्वर भुमी मानिने सल्यान जिल्ला को बागचौर नगर पालिकाको बाफुखोलामा जन्मिएका बहुप्रतिभाका धनी लोकप्रिय गायक तथा सर्जक हुन पबन ओलि

बिध्यार्थी जिवनदेखिनै सांगीतिक क्रियाकलाप मा अत्यन्तै रुचि राख्ने र सहभागिता जनाउने पबन संग स्थानीय स्तरमा हुने हरेक सांगीतिक र साहित्यिक कार्यक्रम हरुमा दोस्रो हुन न परेको अनुभव छ । जिल्लामै १०+२ सम्मको अध्यन सकायपछी बाकी अध्यन र सांगीतिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाउने उदेश्यले काठमाडौ भित्रीएका पबन लाई सांगीतिक यात्रा अगाडि बढाउन भने उनले सोचेकै जति सहज भएन तर पनि उनी निराश भने भएनन् गाउँकै एक बिध्यालयमा शिक्षण पेसा गरिरहेका उनि २०५९ सालदेखि विभिन्न स्टुडियोमा गीत गाउदै आफ्नो औपचारिक सांगीतिक यात्रा शुरु गरेकाहुन!

उनले विभिन्न गितहरु रेकर्ड गराई आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाएका थिए ।
देश तथा बिदेशमा चर्चित एक पछि अर्को गित पस्कदै आफ्नो अध्यन लाई निरंतरता दिदै बुट्वल बासपार्क, मनको पिर,गरिबको जिन्दगी, अछेताम दहि जस्ता धेरै सांगीतिक कोसेली बजारमा ल्याए ।हालै युटुब मार्फत सर्बजनिक भयको ‘दिन्थे मुटु झिकी’ बजारमा आएको छ।गत बर्ष पवन ओलीलेनै आवाज दिएको यो गीतलाई पुन रेकर्ड गरि गायक निशान भट्टराइको आवाज राखिएको छ। बिष्णु माझीले निशान भट्टराइलाइ साथ् दिएकी छिन यस पटक पनि।

पवन ओलीकै शब्द संगीतमा तयार पारिएको यो गीत अहिले नेपाली संगीत बजारमा युटुबको ट्रेनिङको पनि शिर्ष स्थानमा रहेको छ भने आम दर्शकले सबैतिर यही गीतलाई चर्चामा पुर्याएका छन। गीतमा हाल प्रहरीको थुनामा रहेका नायक पल साहले अभिनय गरेका छन भने उनलाई साथ् नायिका एलिजा गौतमले दिएकी छिन।

शिब बिकले निर्देशन गरेको भिडियोको सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन्।अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियो पवन ओलीकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।

बिगत १६ बर्ष देखि अमेरिकालाई कर्मथलो बनाउदै आएका पबनको सांगीतिक यात्रा ले हालसम्म ३ दर्जन बढी गीतहरू रेकर्ड गरायका छन भने धेरै गितहरुमा आफ्नो आवाज दियका छन! उनी गायन को अलावा सिर्जना मा पनि उत्तिकै अब्बल देखिन्छन्

संसार कै ब्यस्त देश अमेरिकामा रहेर तेहाको सरकारि निकाय सुरक्षा सिस्टमको कम्प्युटर मेनेजरमा काम गर्दै नेपाली गीतसगीतको यात्रालाई पनि निरंतरता दिरहेका छन ।
नेपाली गीतसंगीत प्रतिको उनको यो योगदान संघर्ष र गीतसंगीत प्रतिको यो लगाब को कदर गर्दै ओलिको बाकी सांगीतिक यात्रा र भबिस्य सधैं सफल र उज्ज्वल रहोस् शुभकामना !!

गीतको भिडियो हेर्न तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०४-०२ , समय : १२:३३:२३ , २ वर्ष अगाडि