Salyan Paribesh , १३०९ पटक हेरिएको

सल्यान / चैत, १९ – तुला राम डाँगी छेत्री
जनसंगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आज कपुरकोट गापा ४ गांडापानीमा नेकपा एमालेको टोल भेला सम्पन्न भएको छ । भेलाले साविकको धनवांग ८ र ९ को कमिटी पनि निर्माण गरेको छ ।
साविक ८ मा अमर खड्का अध्यक्ष, निर्मला डांगी उपाध्यक्ष, किरण कठायत सचिव, प्रकाश यरी सहसचिव रहेको १५ सदस्यीय टोल कमिटी गठन भएको छ । यस्तै साविक ९ मा गोविन्द बिक अध्यक्ष, फनिन्द्र थापा उपाध्यक्ष, झलक बिक सचिव, कुल बहादुर थापा सह सचिव रहेको १६ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरि ७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले कपुरकोट ४ का अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षता तथा पार्टीका सल्यान कमिटी उपाध्यक्ष तथा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा टोल भेला सम्पन्न भएको हो ।
पालिका कमिटी सदस्य टेक बहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा युवा संघ सल्यानका अध्यक्ष रुपक बुढा, पार्टीका कपुरकोट गापा कमिटी अध्यक्ष द्रोण केसी, पालिका कमिटी उपाध्यक्ष ललिता गिरि, सचिव मित्र कठायत, सदस्यहरु खडक पुन, सुरेन्द्र वलि लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडा कमिटी सचिव दिपक पुनले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०४-०२ , समय : १५:०५:३५ , २ वर्ष अगाडि