Salyan Paribesh , १३६५ पटक हेरिएको

कपुरकोट/ चैत्र २० – बादल आचार्य
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं.५ को वडा कार्यालय कपुरकोट ५ रिममा उद्घाटन भएको छ ।
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं.५ का वडा सभापति यज्ञ बहादुर बोहराको सभा अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि रेशम शर्माले गर्नु भएको थियो , प्रमुख अतिथि नेपाली कांग्रेस कपुरकोट गाउँपालिका सभापति यगराज ओलीले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा दुर्गा गिरि , बिष्णु शर्मा , खड्क केसी लगायतका नेताहरु ले स्पस्ट नीति ,विधि र पद्दति रही सस्थागत रुपले अघि बढ्ने पार्टी नेपाली कांग्रेस भन्दा अरु कोहि नभएको कुरालाई जोड दिनुभएको छ । राष्ट्रियता,लोकतन्त्र र समाजवाद अहिले सम्म कांग्रेस ले कहिले नि नभुलेको कुरा पनि बताउनु भएको छ ।
उत्त कार्यक्रमलाई नेपाली कांग्रेस कपुरकोट गाउँपालिकाका सचिव यम थापा ले संचालन गर्नुभएको थियोे ।
प्रकाशित मिति: २०२२-०४-०३ , समय : १५:०३:२२ , १ वर्ष अगाडि