सल्यानमा बोलेरो जिप दुर्घटना हुदा एक जनाको मृत्यु

Salyan Paribesh , ७५६  पटक हेरिएको

सल्यान/ चैत – २२
सल्यानको श्रीनगरमा बोलेरो जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।मृत्यु हुनेमा शारदा नगरपालिका १दारिमचौर बस्ने जिप सह चालक १८ बर्शिय नारायण ओलि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएक छ।दुर्घटनामा परि गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा श्रीनगरस्थित कर्णाली अस्पतालमा मृत्यु भएको र चलाक २१ बर्शिय थलराज ओलि सामान्य घाइते भएको र प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए

शारदा नगरपालिका १ को दारिमचौर स्थित कच्ची सडक खण्डमा मंगलबार बिहान ६ बजेतिर दारिमचौर सल्यानबाट श्रीनगरतर्फ आउदै गरेको भे १ ज ३३ नम्बरको जिप सडकबाट करिब १५मिटर तल खसेको र घटनास्थल इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायक निरीक्षक यमबहादुर बस्नेतहरुको कमान्डमा पुगेको प्रहरी टोलि र स्थानीयहरुले घाइतेहरुको उदार गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट एसओसिओ सहितको टोलि सहित आफै घटनास्थल पुगेर स्थलगत अनुगमन गरि थप अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक पौडेलले बताए

– जनसाहारा

प्रकाशित मिति: २०२२-०४-०५ , समय : ११:१४:५७ , १० महिना अगाडि