Salyan Paribesh , १६३२ पटक हेरिएको

सल्यान,कपुरकोट / चैत २५ – बादल आचार्य
सत्तारुढ गठबन्धनमा रहेका ३ दलले कपुरकोट गाउँपालिकाको स्थानीय निर्वाचनमा तालमेलका लागि गरेको छलफल अन्तिम चरणमा पुगेको छ । शुक्रबार कपुरकोटमा बसेको गठबन्धनको छलफलले पलिकामा निर्वाचन गठबन्धन का लागि तिन वटै राजनितिक दलहरुले आ-आफ्नो फरक मत सहित जिल्ला संयन्त्रमा निवेदन गर्ने निणर्य सर्वसहमत पारित गरेका छन ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सहभागी थिए ।
बैठकले पालिकामा गठित गठबन्धन संयन्त्रलाई सम्बधित निकायबाट प्राप्त हुने निणर्य तथा निर्देशन अनुसार र आवश्यकता अनुरुप आपसी समन्वय गरी मिति तय गरी बैठक बस्ने निणर्य भएको नेपाली कांग्रेस कपुरकोट गाउँपालिका का प्रवक्ता कुबेर केसिले जानकारी दिनुभएको छ ।
बैठकमा कांग्रेस पालिका सभापति यगराज वलि , नेपाली कांग्रेसका प्रतिनिधी टिकाराम केसी,कुबेर खत्रि , नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष प्रकाश भण्डारी ,माओवादी केन्द्रका प्रतिनिधी बालाराम खड्का , शेर बहादुर पुन र नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष दुर्गा पुन , नेकपा एसका प्रतिनिधी जित प्रसाद आचार्य , यम कुमार बस्नेत उपस्थित हुनुहुन्थ्यो ।
प्रकाशित मिति: २०२२-०४-०८ , समय : १३:४३:०६ , १२ महिना अगाडि