कपुरकोटमा नेकपा एकिकृत समाजवादीको पालिका स्तरिय जनसभा सम्पन्न

Salyan Paribesh , १५२४  पटक हेरिएको

२०७८ चैत २७, बादल आचार्य

कपुरकोट सल्यानमा आज नेपाल कम्युनिष्ट पार्टि (एकिकृत समाजवादी) को पालिका स्तरीय जनसभा सम्पन्न भएको छ । मेरो अठोट,कलममा भोट भन्ने मुल नाराका साथ प्रहरी चौकी कपुरकोट बजार बाट सुरु भएको जनमास कपुरकोट बजारको प्रवेश द्धार सम्म पुगेर परिक्रम गरेको छ ।

कपुरकोट गाउपालिका कमिटि अध्यक्ष क.दुर्गा पुन सभाध्यक्ष हुनुभएको जनसभामा प्रमुख अतिथी नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटि अध्यक्ष एवं दाङ्ग जिल्लाबाट निर्वाचीत प्रतिनिधि सभा सदस्य क.मेटमणी चौधरी,विशिष्ट अतिथी नेकपा एस केन्द्रिय सदस्य तथा राष्ट्रीय सभा सदस्य क.उदय बोहरा,अतिथि नेकपा एस केन्द्रिय सदस्य क.भद्रसिंह बुढा, र क.लोक बहादुर डागीँ, नेकपा एस जिल्ला कमिटि अध्यक्ष क. हरी केसी, नेकपा एस जिल्ला कमिटि सदस्य एवं कपुरकोट गाउपालिका उपाध्यक्ष क. तिला बुढा, नेकपा एस जिल्ला कमिटि सदस्य एवं कपुरकोट गाउपालिका वडा नं.४ का अध्यक्ष क.हरीलाल पुन, नेकपा एस जिल्ला कमिटि सदस्य क. जित प्रसाद आचार्य लगायतका ब्यक्तीहरु अतिथिका रुपमा हुनुहुन्थ्यो ।

जनसभामा नेकपा एस कपुरकोट गाउँपालिका कमिटि उपाध्यक्ष क. नन्दलाल महताराले स्वागत मन्तव्य दिनुभएको थियो ।

उक्त जनसभामा बोल्ने क्रममा क. हरी केसीले सल्यान सगैँ केन्द्रमा नी एमाले अब कम्युनिष्ट नभई राजावादी भएको , कम्यूनिष्ट आन्दोलनलाई कुठाराघात गरेको अब पनी केपी वलीलाई भोट दिनु राष्ट्रघात हुने बताउनु भएको छ ।

लोक बहादुर डागीले उक्त जनसभामा साथिहरुले केपी वली (एमाले) लाई छिटै चिन्नु भो तर मैले ढिलो चिने त्यसैले मैले केपी वलीलाई केपी बा भन्न नसकेकाले समाजवादको यात्रामा साथिहरुसँग एकताका साथ अगाडि बढेको छु भन्नु भयो ।

भद्रसिंश बुढाले सो जनसभामा राप्रपाका मान्छेलाई एमालेमा हालीमुहाली गराई, एमाले लाई गाईमाले गराएको आक्रोश पोख्नुभएको छ ,अबको सल्यानको आवश्यकता नेकपा एकिकृत समाजवादी हो,त्यसैले सल्यानी जनताले कलममा भोट हाली नेकपा एस लाई जिताउनुपर्ने बताउनु भयो ।

जनसभालाई सम्बोधन गर्ने क्रममा विशिष्ट अतिथी नेकपा एस केन्द्रिय सदस्य तथा राष्ट्रीय सभा सदस्य क.उदय बोहराले कपुरकोटका एमालेहरुले नेकपा एसको जनसभालाई घरको झ्यालबाट , कुनै मोकेलाबाट नहेर्न सुझाव दिनुभएको छ । त्यसरी मोकेला बाट हेर्नुपर्दैन हाम्रो यात्रा आउन मन लागे खुलेयाम आउनुस हामी स्वागत गर्छौ तर तपाईहरु केपी स्वभाव उतै छाडेर आउन भन्नुभएको छ ।

जनसभामा प्रमुख अतिथी नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटि अध्यक्ष एवं दाङ्ग जिल्लाबाट निर्वाचीत प्रतिनिधि सभा सदस्य क.मेटमणी चौधरीले अबको निर्वाचन पछि नेकपा एमाले जसरी विश्वबाट डाइनोसर लोप भयो त्यसरी नेपालबाट लोप हुने बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीको पालिका स्तरिय जनसभा लाई टोपेन्द्र के.सी.ले संचालन गनुभएको थियो ।

प्रकाशित मिति: २०२२-०४-१० , समय : १४:२१:४२ , १ वर्ष अगाडि