“कथा झरी ” लेखमणि खड्का

Salyan Paribesh , ३२५  पटक हेरिएको

सुनसान लेकमा ,, दर्किएर बेस्सरी झरी परिरह्यो। तिमि रुझी रैछौ ,,, मैले छाता ओढिरहे।।।

तिमि त्यसरी रुझदा, मेरो मन अत्तालिएन। बरु, पानीका बाइछिटाहरु ले फाट्टफुट्ट मलाइ हान्दा,, रुझ्ने त्रासमा त्यसै त्यसै मन बतासीइनै रह्यो ।।।

त्यो झरीको घनत्व निकै निकै ,, मैले ओढेको छाता ले समेत धान्न सकेन ,, अह। , पटक्कै सकेन । सक्दै सकेन। छाता ओढेको म नै, शिर देखि पाउ सम्म निथ्रुक्कै हुदा,, आखामा निकै गहिरो समुन्द्र बनिरहेछ। कति मन अलिनो भयो, पानीका त्यी बाइछिटाहरु ले झन् कति चुटेहोलान, छाता बिना कि तिमीलाई ? शरीर कति काप्यो होला, दर्केर परेको झरी ले थिलथिलो बनाउदा। पाइला कति चिप्लिए होलान, त्यो भेलमा रुझ्दै रुझ्दै होमिदा

अह,,

म स्वार्थि मान्छे, आफु छाता ओढेर उभीइरहे, तिमि झरीमा रुझी रहेउ। म छाता को ओत लाग्दै सुइसेरामा संगीत दिन थाले,, तिमि रुझेको सरिर कपाउदै रोइ रहेउ,, म बर्षात लाइ अंगाली रहे छाताको ओत लाग्दै ,, तिमि रुझी रहेउ, मेरो बेमौसमी गित सुन्दै।।।

खै किन हो ?

मेरो हृदयमा प्याला पलाएन, मष्तिस्कमा भावना टुसाएन कि,, बरु म रुझु चिस्यानको शिरेटो सहेर,, दर्के झरीलाई माथ दिदै म पहाड बनेर सहन सकु, ।। तर रुझ्दै गरेकी प्रिया तिमीलाई त्यो छाता सुम्पिएर ओत दिन सकु,,।

अह मेरो मनमा विचारै पलाएन कि,, चिङकाङ्साङ जसरि झरी सहदै उभिएकी सरु तिमि लाइ त्यो छाता ले त के ओत दिन सक्थ्यो र,, छाता ले नाधानेका बाइछिटा हरुलाई छेक्न, बरु मेरो शरीर ढाक्ने बस्त्र,, एक एक खोल्दै प्रिया तिम्रो अबरणमा लेपि दिनु पर्थ्यो,, मेरो ज्याकेट र सट ले तिम्रो बक्ष ढाकेको भए,, मेरो सुटले तिम्रो नितम्ब जोगाएको भए ,, मेरो पटुकी ले तिम्रो केशबाटिका बचाएको भए ,, अनि त्यो झरीमा तिमीलाई छाता ओढाएर ,, नाङ्गॊ खुट्टै उर्लिएको समर भेल तर्न को लागी तिमीलाई डोली जसरि पिठ्युमा बोकेर भेलामा होमिदै तारिदिएको भए ,,, सायद ,,

सायद प्रिया ,, तिमि मेरै आस्था जोगाउन पिपल बनेर अडिन्थेउ कि ? चिङकाङ्साङ बनेर पराइलाई अड्काउथेउ कि ? ?

म स्वार्थि मान्छे ,,

म पापी मान्छे ,,

आफु जोगिन तिमीलाई झरीमा रुझाई रहे।। आफुले सुशेली हाल्न रुझ्दै गरेकी तिमीलाई रुवाइरहे,, । तिमि काप्दै काप्दै रुझिरहेउ ,,। त्यो झरी त के , मेरो स्वार्थि मनसायले झन आशुको झरीले बेस्सरी रुझायो तिमीलाई । मेरो पछाडिका लामो नर्तकी जत्थाले त झन, निकै निकै बिशेख नहुने गरि रुवायो तिमीलाई ।।

त्यसैले प्रिया ,,

लामो जन्ती लिएर उसको र उनको समक्षिमा डोली चढाएर पुरायो तिमीलाई , नौ डाडा पारि , रामराज्यमा ,। सायद म रावण नभैदिएको भए ,, तिमि दाया कुममा शिर ढल्काएर शुख बाड्दै मेरो छाप्रोको पिढिमा पोतेनो लगाउदै हुन्थेउ होला,, मेरी बुढि अनि रोगि आमाको स्याहारमा ,,।

सिसनो बारिबाट स्याउली लिएर देउता पुज्थेउ होला ।।

तर म स्वार्थि हुदा ,,

तिमि अर्कैको डोली चढेर गयौ,,

म जहाज चढेर आए ,,

तिमीले रामराज्य चलायौ ,,

म अल्लाहको देशमा उट चलाउदै छु ,, ।।।

प्रिया ,,,

म स्वार्थि मान्छे ,, म पापी मान्छे ।।।

त्यी सबै सबैको उपहार पाएकै छु , र त सम्झंछ धड्कनले एलिजाबेथ लाइ ,, र भन्छु चिङकाङ्साङको फेदमा पातिको छाप्रो ढल्दा ,, सात समुन्द्र पारिको मरुभुमि बाट ,, सलाम सलाम छ ,।।।

यो बर्षे झरीमा

लेखमणि खड्का
जुगार जाबल रोल्पा
अध्यापन : लिबाङ्ग रोल्पा

यो कथाको भिडियो हेर्न यहा क्लिक गर्नुहोस

प्रकाशित मिति: २०२२-०१-२१ , समय : ०४:१३:०८ , १ वर्ष अगाडि