वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवस सल्यानको मुलपानीमा पनी मनाइयो ।

Salyan Paribesh , १२३५  पटक हेरिएको

बादल आचार्य,कपुरकोट सल्यान

आज सल्यानको मुलपानीमा वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवस वनस्पतिको अनुसन्धान र नवप्रवद्र्धन राष्ट्रको उन्नयन भन्ने नाराको साथ वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानमा पनी मनाइएको छ ।

वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानका कार्यालय प्रमुख डा.मित्रलाल पाठक सभाअध्यक्ष हुनुभएको कार्यक्रममा प्रमुख अतिथि सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख कमल भण्डारी,कालिका मा.वि.कपुरकोटका प्रअ चुडामणि केसी,जीवनज्योती मा.वि. रिमका प्रअ भुपाल साहु,उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान सदस्य कमल घर्ति लगाएत अतिथिको सहभागिता थियो ।

कार्यक्रममा २०७८ चैत्र २५ गते देश विकासमा वनस्पतिको महत्व विषयक कविता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । जसमा प्रथम स्थान हाँसिल गर्ने जीवनज्योती मावि रिमकी छात्रा भुमिका बुढाथोकी, द्वतीय स्थान हाँसिल गर्ने नेरामावि किमुचौरकी छात्रा राधिका बुढा मगर र तृतीय स्थान हाँसिल गर्ने कालिका मावि कपुरकोटकी छात्रा पुष्पा बुढा मगरलाई क्रमशः २५००, २०००, १५०० सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यस्तै अन्तर विद्यालय बाटिका निर्माण प्रतियोगितामा उत्कृष्ट जीवनज्योती मावि रीमलाई पनि पुरस्कृत गरिएको थियो । वनस्पति अनुसन्धान केन्द्रले दिवसको अवसरमा कार्यालयका २ जना कर्मचारीहरु दल बहादुर बुढाथोकी र राधा बुढाथोकीलाई सम्मान पनि गरेको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले वनस्पति तथा जडीबुटीबाट मुलुकको समृद्धिमा योगदान बढाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मुलपानी वनस्पति उद्यानमा उन्यु प्रजातीहरु र फुल फुल्ने गरी ५५० बढी प्रजातीका वनस्पतिहरु रहेका छन् । जस अन्तर्गत झण्डै २४५ औषधिय गुण भएका, २०० शोभनिय वनस्पतिहरु, ५५ प्रकारका विदेशी शोभनीय वनस्पतिहरु तथा ४०÷४० प्रजातिका उन्यु र सुनगाभा उद्यानमा रहेको कार्यालय प्रमुख डा. पाठकले जनाए ।

कार्यक्रममा लेखापाल रेखा बुढाथोकीले स्वागत मन्तव्य राखेकि थिइन् , भने  पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले कार्यक्रम सहजिकरण गरेको सल्यान परिवेशलाई वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानमा कार्यरत कर्मचारी दामोदर दाहाल ले जानकारी गराउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०४-१२ , समय : १२:३१:४९ , १ वर्ष अगाडि