Salyan Paribesh , ६२३ पटक हेरिएको

जित प्रसाद आचार्य, कपुरकोट सल्यान
सल्यानको कपुरकोटमा साना किसान कृषि सहकारी संस्था लि. सल्यान कपुरकोटको बित्तिय साक्षरता तथा अन्तर समुह सुदृढिकरण तालिम आज सम्पन्न भएको छ ।
२०७८ चैत्र १६ देखि २८ गते सम्म संस्थाका सबै अन्तर समुहमा संचालन भएको तालिम आज भने कपुरकोट ३ नं.वडामा अन्तर समुह नं.३,७,१४,१२ लाई दिइएको छ ।
तालिममा मुख्यगरी संचालक समितिको काम,कर्तव्य सम्बन्धि जानकारी,वित्तिय साक्षरता अन्र्तगत ः आम्दानी,खर्च,बजेट,बचत संकलन तथा परिचालन,ऋण,बिमा,बिप्रेषण, समुह-अन्तरसमुह सुदृढिकरण , नयाँ सदस्य विस्तार , कृषिजन्य उत्पादन ,बजारीकरण वित्तिय पहुच तथा वर्तमान चुनौतिहरुका बिषयमा जानकारी दिइएको संस्थाका बरिष्ठ प्रबन्धक तिर्थराज शर्माले जनाउनु भएको छ ।
यो कार्यक्रम साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.सुर्खेतको सहयोग तथा निर्देशनमा र साना किसान कृषि सहकारी संस्था लि. सल्यान कपुरकोटको आयोजनामा सम्पन्न भएको छ ।
प्रकाशित मिति: २०२२-०४-१२ , समय : १३:२५:२९ , १२ महिना अगाडि