गायिका समीक्षा अधिकारीको जोगी बनि डुल्छु, ले चर्चा बटुल्दै

Salyan Paribesh , ६५९  पटक हेरिएको

चैत/ २९ – तुला राम डाँगी क्षेत्रि
गायिका समीक्षा अधिकारीकृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएर बनाइएक्पो छ । भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, र पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुस

https://youtu.be/jm1twYhW6Lk

प्रकाशित मिति: २०२२-०४-१२ , समय : १८:१८:५३ , १० महिना अगाडि