Salyan Paribesh , ७४८ पटक हेरिएको

३० चैत, काठमाडौं । निर्वाचित जनप्रतिनिधिले पुन: स्थानीय तहमा उम्मेदवारी दिए पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
राजीनामाको प्रावधान निस्तेज गर्ने अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले निर्वाचन आयोगको तर्फबाट सर्वोच्च अदालतमा रिट हालेको हो । उक्त निवेदनमाथि आजै सुनुवाइ हुँदैछ ।
निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै फेरि उम्मेदवार हुन पाउने भनी निर्वाचन आचार संहितामा व्यवस्था गरेको थियो ।
निर्वाचन आयोगको उक्त व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यही चैत ८ गते राजीनामाको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
प्रकाशित मिति: २०२२-०४-१३ , समय : ०६:४२:३९ , १ वर्ष अगाडि