Salyan Paribesh , ५१३ पटक हेरिएको

बैशाख ३, सल्यान ।
सत्ता साझेदार दलहरूले स्थानीय तहको निर्वाचनका लागि सल्यानमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।
शनिबार कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समजवादी र जनता समाजवादी पार्टीले केन्द्रको निर्णयअनुसार नै गठबन्धन गर्ने सहमति गरेका हुन् ।
तर गठबन्धन गर्दा कुन पार्टीले कति पालिकाको नेतृत्व लिने भन्ने विषयमा छलफल सुरु भएको छैन । भागबन्डा कहिलेसम्म टुंगिन्छ भन्नेमा अझै अन्योल छ ।
एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोक बहादुर डाँगीकाअनुसार सल्यान जिल्लामा रहेका १० स्थानीय तह र ८३ वटा वडाहरुमा भागबन्डा गर्नका लागि प्रत्येक पार्टीबाट दुईजना रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ ।
बैठक भोलि आइतबार पुनः बस्ने बताइएको छ ।
साभार : लेकाली अनलाइन
प्रकाशित मिति: २०२२-०४-१६ , समय : १४:१३:३६ , १ वर्ष अगाडि