१२ औं विन्ध्यवासिनी म्युजिक अवार्ड भागिरथ चलाउनेलाई

Salyan Paribesh , ८७५  पटक हेरिएको

अमृत बाबु बुढाथाेकी

१२ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ बाट चर्चित गायक भागिरथ चलाउनेले सर्वोत्कृष्ट लोकदोहोरी रचानाकारको अवार्ड चुम्न सफल भएका छन।

बैशाख ४ गते आईतबार होटल याक एण्ड यतिमा भएको समारोहमा गायक चलाउनले “फलाम पिटे तरबार” भन्ने गित बाट अवार्ड हात पारेका हुन् ।

 

उसै चर्चित गायक चलाउने लाई यो गीतले सांगितिक क्षेत्रमा झनै परिचित गराएको थियो । यो गितको शब्द संगीत भागिरथ आफैले गरेका हुन ।

अवार्ड पाएपछि खुशी हुँदै चलाउनेले विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबाश रेग्मी लगायत सम्पुर्ण आयोजकप्रति आभार प्रकट गरेका छन ।

शिद्धकुमाख गाउँपालिका वडा नं ३ मा वि।स। २०४९ साल चैत्र २४ गतेको दिन बुबा नरबिर चलाउने र आमा लाली चलाउने कोखबाट जन्मीएका भागीरथ चलाउने केहि बर्ष युवा गायकको रुपमा चिनीए ।

समधुर स्वरका धनि, माया प्रेम अनि भावनात्मक गीतका शब्दहरुमा मेल खाने उनको आवाजले धेरै बजार जमायो । हरे शिव राम, कसलाई सोध्ने होला, दिल चोरेको केस मा, मन त पराउछिन, माया जोख्ने तुलो, बेशी गाउँको रोधीमा,फलाम पिटे तरबार,जाउला बरिलै, जस्ता चर्चित गीतमा आवाज भरेका भागिरथले जुन गित गायका छन् त्यहि गित नै हिट हुने गरेको छ ।अहिले सम्म आफुले रचना गरेका र अन्य गरी २सय बढि गीत बजारमा रहेका छन ।

२०६७ साल देखि सांगितीक यात्राको सुरुवात गरी १६ बर्षको उमेरमा पहिलो गीत मलेशिया साउदी दुबै छु बोलको आफ्नै आवाजमा रेकर्ड गराए सँगै उनि चर्चामा आएपनि पछि गएर कसलाई सोध्ने होला गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।

प्रकाशित मिति: २०२२-०४-१८ , समय : ०२:४८:३४ , ११ महिना अगाडि