Salyan Paribesh , ८६३ पटक हेरिएको

गत सातादेखि आईपीओ निष्काशन खुला गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०१.१७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले ७ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७१ रुपैयाँ ३७ पैसा बढेर १६२ रुपैयाँ २५ पैसा पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १७.३० प्रतिशत बढेको छ भने जगेडा कोष २३७.१६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ८४१.५२ प्रतिशत, निक्षेप ५३.७४ प्रतिशत र कर्जा १३०.६२ प्रतिशत बढेको छ।
Copy: Merolagani
प्रकाशित मिति: २०२२-०४-१८ , समय : ०८:४४:३८ , १ वर्ष अगाडि