कालिन्चोक दर्शन, हाथवे इन्भेष्टमेन्ट र सिटी होटलले आइपीओ ल्याउँदै

Salyan Paribesh , ७९४  पटक हेरिएको

कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट लिमिटेड (HATHWAY) र सिटी होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएका छन् । यी तीन कम्पनीले कुल ५७ लाख ९९ हजार कित्ता आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ ल्याउन लागेको छ । कम्पनीले चैत ३० गते, १०० रुपैयाँ दरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । सर्वसाधारणमा बिक्री गर्न लागिएको उक्त शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
यसैगरी, कालिन्चोक दर्शनले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको सो कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रति शेयर ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न निवेदन दिएको हो । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको सो कम्पनीले बोर्डमा चैत २५ गते आवेदन दिइएको थियो।

नेपाल धितापत्र बोर्डले अनुमति दिएपछि तीनै कम्पनीको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति: २०२२-०४-१८ , समय : ०९:१५:२९ , २ वर्ष अगाडि