Salyan Paribesh , ७५९ पटक हेरिएको
इन्द्र बुढाथाेकी ।
पश्चिम बनगाड बैशाख ५
सल्यान पश्चिममा रहेको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पुरुषोतम आचार्यले आफुले प्रयोग गर्दै आएको भे १ प १०१६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन ।
२०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष आचार्यले सोमबार कार्यालयमा पुगि उक्त मोटरसाइकल सहित केही बेरुजु रकमको भौचर लगाएत नगरपालिकालाई नै फिर्ता गरेको अध्यक्ष आचार्यले बताउनुभयाे ।
यस नगरपालिकाका रहेका १२ वडा मध्ये एक मात्र वडा ६ नम्बर वडा मात्रै नेपाली कांग्रेसले जितेको थियोे । हाल नेपाली कांग्रेसको नगर सभापति समेत रहेको आचार्यले राजनीति कामको व्यस्तताले गर्दा समयमा बुझाउन नसके पनि आज बुझाएको बताउनु भएको छ ।
सरकार सम्पत्ति जनप्रतिनिधि हुँदा यस नगरमा फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि समेत भएको नगरपालिकाको कार्यालयले जनाएको छ । हालसम्म पनि अन्य जनप्रतिनिधिले सवारी साधन प्रयोग गरिराखेका छन् । उहाँले भने राज्यको नियमलाई परिपालन गरेकाे बताउनुभयाे । आचार्यको यो काम प्रति सबैले स्वागतयोग्य काम भनेका छन् ।
प्रकाशित मिति: २०२२-०४-१८ , समय : १३:२६:०५ , २ वर्ष अगाडि