गजल ,रुख मरेपछि पात झरेर जान्छ । ।

Salyan Paribesh , १६४१  पटक हेरिएको


गजल
ओमप्रकाश देवकोटा,सल्यान,रिम

बाङगो भइदिए भागेर जान्छ ।
सिधा रुखलाई काटेर जान्छ । ।

आफ्नो इज्जतको ख्याल छैन ।
ढुङ्गाको इज्जत ढाकेर जान्छ । ।
घडी कि बेट्री ठुलो भन्ने प्रश्नमा ।
सोच्दा सोच्दै समय खेर जान्छ । ।

यार तिमी छौ सर्वस्व लुट्न खोज्ने ।
भमरा छ फूलको रस चुसेर जान्छ । ।
तिमी मरेपछि म त्यसै मरि हाल्छु ।
रुख मरेपछि पात झरेर जान्छ । ।

प्रकाशित मिति: २०२२-०४-१९ , समय : ०३:३३:२९ , १ वर्ष अगाडि