Salyan Paribesh , ४२० पटक हेरिएको

चैत ६ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा ग्रीन भेन्चर्स लिमिटेड (GVL) को पहिलो कारोबार भएको छ।
कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सो अनुसार सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। तथा सो दिन स्पेशल प्रि ओपनमा कारोबार नभएपछि, कम्पनीको पहिलो कारोबार आजको लागि सरेको हो। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सो अनुसार कम्पनीको शेयर जीभिएल टिकरमा यस दिन कारोबार भएको हो।
प्रकाशित मिति: २०२२-०४-१९ , समय : ०५:५९:५९ , १ वर्ष अगाडि