शारदाको मेयर उम्मेदवारमा माओवादी केन्द्र बाट प्रमोद श्रेष्ठ सिफारिस, उपमेयरमा २ जना

Salyan Paribesh , १२४०  पटक हेरिएको

सल्यानको शारदा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य रहेका श्रेष्ठ मेयरको उम्मेदवार बन्ने भएका हुन् ।

नगर प्रमुखको सिफारिसमा परेका श्रेष्ठ माओवादी केन्द्रको शारदा नगपालीकाका इन्चार्ज समेत हुन। त्यस्तैमाओवादी केन्द्र शारदा नगरपालिकाको उपप्रमुखमा भने दुई जनाको नाम सिफारिस गरेको छ। सदिक्षा घर्ती र हिरा बि.क रसाइलीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ।

श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट शारदा नगरपालिकाको मेयरमा लडेका थिए।

साभार : अनलाइन तहल्का

प्रकाशित मिति: २०२२-०४-१९ , समय : ०६:१८:२२ , २ वर्ष अगाडि