नेकपाबाट सल्यानकाे छत्रेश्वरीमा लाेक्पाल र कुमाखमा भीम भारतीले उम्मेदवारी दिने

Salyan Paribesh , ३७५  पटक हेरिएको

बैशाख ७, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका दुइजना नेताहरुले सल्यानमा पालिका अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् ।

जिल्लाकाे छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षमा लाेकपाल केसीले स्वतन्त्रबाट उम्मेदवार दिने भएका हुन् । केसी झिम्पेका पुराना कम्युनिस्ट नेता हुन् । नेकपा सल्यानकाे सेक्रेटरी र इन्चार्जकाे भुमिका निभाइसकेका केसी हाल नेकपाकाे विषेश कमिटी सदस्यमा छन् ।

त्यस्तै कुमाख गाउँपालिकाकाे अध्यक्षमा नेकपाका भीम भारतीले स्वतन्त्रबाट उम्मेदवार घाेषणा गरेका छन् । जनयुद्धदेखि राजनीतिमा सक्रिय भएका भारती पत्रकारिता समेत आवद्ध छन् ।

उता दार्मा गाउँपालिकाकाे अध्यक्षकाे उम्मेदवारीमा नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’काे चर्चा चलेकाे छ । यद्यवी उनले आफ्नाे उम्मेदवारी हुने वा नहुने भन्नेबारे केहि खुलाएका छैनन् । असल केहिदिन अगाडीदेखि दार्माका विभिन्न गाउँहरूमा पुगेर चुनावी माहाेल बुझिरहेकाे बताइएकाे छ ।

साभार :

Author Logo..

प्रकाशित मिति: २०२२-०४-२० , समय : ०४:१२:१४ , १ वर्ष अगाडि