Salyan Paribesh , १४७८ पटक हेरिएको

थप २ वटा लघुवित्त कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । अभियान लघुवित्त र आत्मानिर्भर लघुवित्तले शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले चैत्र ३० गते बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै आत्मानिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले चैत्र २१ गते बोर्डमा आवेदन दिएको हो ।
प्रकाशित मिति: २०२२-०४-२० , समय : ०४:५०:४९ , १ वर्ष अगाडि