Salyan Paribesh , ११९३ पटक हेरिएको

सल्यान ०७ बैशाख ।
नेपाल निजामती कर्मचारी संगठनको ३२ औं स्थापना दिवस सल्यानमा पनि मनाईएको छ । सो अवसरमा सल्यान जिल्ला अस्पतालमा उपचाररत बिरामिहरुलाई फलफूल तथा जुस बितरण गरि जिल्लामा पनि ३२ औं स्थापना दिवस मनाईएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले जानकारी गराएका छन् । दिवसको अवसर पारी नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यानको आयोजनामा फलफुल तथा जुस वितरण गरिएको छ । उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यानका कोषाध्यक्ष चन्दन जि.एम, प्रदेश कमिटी सदस्य टोप बहादुर बयक क्षेत्री, जिल्ला अस्पताल सल्यानका डा. अभिषेक सिंह लगायत कुशल संगठकहरुको उपस्थिति रहेको थियो । सो अवसर जिल्ला कार्य समिति परिवार सल्यानले संगठनको स्थापना गर्ने क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै रास्ट्रसेबक कर्मचारीहरूमा स्थापना दिबसको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेको अध्यक्ष ध्रुब बहादुर खत्री जानकारी गराएका छन् ।
साभार :
प्रकाशित मिति: २०२२-०४-२० , समय : १२:३२:०२ , २ वर्ष अगाडि