कपुरकोट आगरखोलामा ट्याक्टर दुर्घटना,चालक फरार,दुई घाइते

Salyan Paribesh , २६००  पटक हेरिएको

बादल आचार्य, २०७९ बैशाख ७,कपुरकोट

राप्ती राजमार्गको कपुरकोट ३ अगारखोलाको ओरालोमा ट्याक्टर दुर्घटना भएको छ । कपुरकोट बजारबाट गिट्टी बालुवा लगेर कपुरकोट ३ फलाटे जाँदै गरेको लु ३ त ४३७७ नम्बरको ट्याक्टर राति करिब ९:१५ तिर अनियन्त्रित भई सडकमै दुर्घटना हुन पुगेको छ । ट्याक्टरमा चालक सहित ५ जना सवार मध्ये चालक फरार रहेको ,२ जना कपुरकोट ३ फलाटे का अन्दाजी १८ वर्षिय खेमराज महतारा र साेहि ठाउँ निवासी अन्दाजी १८ वर्षिय दिपक केसि घाईते भएका छन ,अरु २ जना सकुशल रहेका छन । घाइतेलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल उपचारका लागि पठाईएको छ । चालक र सवारी धनिको नाम ठेगाना नखुलेको प्रहरी चौकि कपुरकोटले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-२० , समय : १६:५९:०८ , १ वर्ष अगाडि