अफगानिस्तानमा विस्फोट : १५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

Salyan Paribesh , ८८४  पटक हेरिएको

काठमाडौँ — अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य ४० भन्दा बढी घाइते भएका छन्।

पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक, मजार–ए–शरीफको एक शिया मस्जिद नजिक भएको थियो । त्यहाँ कम्तिमा ११ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएका टोलो न्यूजलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो । प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बीबीसीकाअनुसार अफगानिस्तानमा इस्लामिक स्टेट सहित अन्य सुन्नी चरमपन्थी संगठनहरूले अक्सर शिया समुदायलाई निशाना बनाउने गरेका छन् ।

प्रकाशित मिति: २०२२-०४-२२ , समय : ०२:५४:१७ , ११ महिना अगाडि